प्रदीपले चन्द्रलाई बधाई दिँदै भनेः फुटबल चलिरहेको छ, हाम्रो २-२ बराबरी भयो
काठमाडौँ- गुल्मी १ मा निर्वाचित प्रतिनिधि सभा सदस्य नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारीका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार प्रदीप ज्ञवालीले बधाई दिएका छन् ।
शुक्रबार अन्तिम मतपरिणाम सार्वजनिक भएपछि ज्ञवालीले भण्डारीलाई बधाई दिँदै ठट्टा गर्दै भने, ‘फुटबल चलिरहेको छ । हाम्रो २-२ बराबरी भयो ।’
सोही क्षेत्रमा २०७४ मा ज्ञवाली निर्वाचित भएका थिए । २०७० मा भने कांग्रेसका भण्डारीले जित हात पारेका थिए । २०६४ मा यो क्षेत्रबाट ज्ञवाली निर्वाचित भएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया