कैलाली-२ मा नागरिक उन्मुक्ति पार्टी विजयी
कैलाली- गत वैशाखमै भएको स्थानीय तह निर्वाचनभन्दा केही समय अघिमात्रै दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले स्थानीय तहमा जस्तै आसन्न प्रतिनिधि सभा निर्वाचनमा समेत वर्चस्व कायम राख्न सफल भएको छ ।
यसअघि निर्वाचन क्षेत्र नम्बर १ र ३ मा जित निकालेको उन्मुक्ति पार्टीले कैलालीको निर्वाचन क्षेत्र नम्बर २ मा समेत विजयी भएको छ । उक्त क्षेत्रमा नागरिक उन्मुक्तिका अरुण चौधरीले नेकपा एमालेका झपटबहादुर रावललाई पराजित गरेका छन् ।
चौधरीले २१ हजार ८७१ मत ल्याउँदा रावलले १६ हजार १२८ मत मात्रै पाए । त्यस्तै, गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादीका भगत बडुवालले १५ हजार ११६ मत मात्रै प्राप्त गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया