कपिलवस्तु–३ : अभिषेकको चौथोपटक संसद् पुग्ने यात्रामा ब्रेक लगाउँदै एमालेका मंगलप्रसाद विजयी
काठमाडौं - कपिलवस्तु-३ मा नेकपा(एमाले) का मंगलप्रसाद गुप्ता निर्वाचित भएका छन् । नेपाली कांग्रेसका अभिषेकप्रताप शाहलाई पराजित गर्दै गुप्ता प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । गुप्ताले २२ हजार ६१९ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी शाहले १८ हजार ९८२ मत पाए ।
राप्रपाका प्रकाश रजौरियाले १३ हजार ३३२ मत प्राप्त गरे ।
शाह यसअघि ०६४, ०७० र ०७४ मा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । ०६४ र ०७० मा मधेसी जनअधिकार फोरमबाट लडेका उनी ०७४ मा कांग्रेसबाट लडेका निर्वाचित भएका थिए ।
पराजित भएसँगै शाहको चौथोपटक संसद् पुग्ने यात्रामा ब्रेक लागेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया