कांग्रेसकी चित्रलेखालाई हराउँदै सिरहा–२ बाट राजकिशोर यादव विजयी
फाइल तस्बिर
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार राजकिशोर यादव निर्वाचित भएका छन् । यादवले नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादवलाई पराजित गर्दै सिरहा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
निर्वाचन आयोगका अनुसार राजकिशोरले २४ हजार १७८ मत प्राप्त गरे । त्यसैगरी चित्रलेखाले २३ हजार २८ मत पाइन् । । सिरहा निर्वाचन क्षेत्र नं–२ मा प्रतिनिधिसभा सदस्यको निम्ति २४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया