राजनीति

समानुपातिकमा तेस्रो स्थानमा उक्लियो माओवादी

इकागज |
मंसिर १०, २०७९ शनिबार १२:४८ बजे

काठमाडौँ- नेकपा माओवादी केन्द्र समानुपातिक तर्फ तेस्रो स्थानमा उक्लेको छ ।  प्रतिनिधिसभा तर्फको समानुपातिक मत गणना गर्दा ८ लाख ४ सय १८ मत प्राप्त गरेको छ ।

यसअघि मतगणनाको सुरुवातीदेखि चौथो स्थानमा रहेको माओवादी केन्द्रले राष्‍ट्रिय स्वतन्त्र पार्टीलाई पछ्याइरहेको थियो । निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ७ लाख ९९ हजार ४८ मत प्राप्त गरेको छ ।


माओवादी केन्द्र स्वतन्त्र पार्टी भन्दा १ हजार बढीले अगाडि छ ।

 

 


Author

थप समाचार
x