कांग्रेस संसदीय दलका नेता कोइराला पराजित
विराटनगर- नेपाली कांग्रेसका संसदीय दलका नेता राजीव कोइराला प्रदेशसभा सदस्यमा पराजित भएका छन् । सुनसरीको प्रदेशसभा क्षेत्र नम्बर २ (२) बाट प्रदेशसभा सदस्यमा लडेका कोइरालालाई नेकपा एमालेका रामप्रसाद महतोले पराजित गरेका हुन् ।
प्रदेशसभाभित्र आफ्नो दलको स्वार्थभन्दा माथि उठेर धारणा राख्ने र आफ्नै दलका मन्त्रीहरूको कार्यशैलीप्रति पनि टिप्पणी गर्दै स्पष्ट वत्ताका रूपमा चिनिएका कोइराला मतगणनाको अन्तिमतिर एमालेका महतोसँग ५५५ मतले पछि परेका हुन् ।
पराजित भएका कोइरालाले १७ हजार ६३६ मत प्राप्त गरेका छन् । उनलाई हराएका मेहताले १८ हजार १९१ मत पाएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया