मतगणना सुचारु नगरिए सडक संघर्ष थाल्ने एमालेको चेतावनी
काठमाडौँ- सुनसरी ४ को अवरुद्ध मतगणनाको विषयलाई लिएर एमालेले सडक संघर्ष थाल्ने चेतावनी दिएको छ ।
सुनसरी ४ बाट प्रतिनिधि सभा सदस्य नेकपा एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतले अवरुद्ध मतगणनाको विषयलाई लिएर सडक संघर्ष गर्ने चेतावनी दिएको हो । सोमबार पत्रकार सम्मेलनको आयोजना गरी एमाले उम्मेदवार कुसियतले मतगणनामा आलटाल भइरहेको र कानुनसंगत मतगणना गर्न आग्रह गरे । उनले सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कानुन विपरीत विषय उठान गरी मतगणना अवरुद्ध पारेको आरोपसमेत लगाए ।
उनले मतगणनामा ढिलाइ भए एमाले सडक संघर्षमा उत्रन बाध्य हुने चेतावनीसमेत दिए ।
सुनसरी ४ को प्रतिनिधि सभातर्फको मतगणनामा काँग्रेसले धाँधलीको आरोप लगाएको छ । सो विषयलाई लिएर कांगेसले निर्वाचन अधिकृतको कार्यालयमा पुनः मतगणनाको मागसहितको उजुरी हालेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया