चुनावी परिणाम चित्त बुझाउँदै गठबन्धनलाई निरन्तरता दिने एकीकृत समाजवादीको निर्णय
काठमाडौं– नेकपा एकीकृत समाजवादीले मंसिर ४ मा भएको निर्वाचनको परिणाम चित्त बुझाउँदै सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । पार्टी मुख्यालयमा चुनावको समीक्षा गर्न बसेको बैठकले यस्ते निर्णय गरेको हो ।
सचिवालयको बैठकले गठबन्धनलाई कायम राखेर जाने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । ‘चुनावी परिणाम अपेक्षाअनुसार नआएपनि चित्त बुझाउनुको विकल्प छैन ।’ उनले भने ।
राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले समेत राष्ट्रिय दलको मान्यता पाउनेगरी नतिजा ल्याउँदा एकीकृत समाजवादीले राष्ट्रिय दलको मान्यता पाउन कटाउनुपर्ने तीन प्रतिशतको थ्रेस होल्ड पार गर्न संघर्षरत छ ।
यही बेला बसेको सचिवालय बैठक चुनावी नतिजा, गठबन्धनको आवश्यकता, नयाँ सरकार गठनसहित शक्ति बाँडफाँटका विषयमा छलफल गरिएको थियो । एकीकृत समाजवादीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १० सिट जितेको छ । सम्मानित नेता झलनाथ खनाल, सचिव रामकुमार झाँक्रीसहित केही शीर्ष नेता पराजित भएका छन् । आफू पराजित हुनुमा कांग्रेसबाट धोका भएको खनालले प्रतिक्रिया सार्वजनिक गरिसकेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया