राजनीति

‘मुड फ्रेस’ गर्न सुकुटे पुगे प्रचण्ड

इकागज |
मंसिर १४, २०७९ बुधबार १७:१२ बजे

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पारिवारिक सदस्यका साथ सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । पूर्व सभामुख अग्निप्रसाद सापकोटासँगै उनी सुकुटे पुगेका हुन् । 

महत्वपूर्ण राजनीतिक निर्णय लिनुअघि प्रचण्ड सुकुटे पुग्ने गरेका छन् । अहिले भर्खरै सकिएको चुनावको दौडधुपपछि विश्राम गर्न पुगेको सन्देश गएपनि उनको सुकुटे प्रस्थानलाई राजनीतिक चासोका रुपमासमेत हेरिएको छ ।


पटकपटक सुकुटे पुगेका प्रचण्ड त्यहाँ रोमान्टिक मुडमा देखिने गर्दछन् । बीच भलिबल,र्याफ्टिङ, टेबलटेनिसजस्ताखेलहरु खेल्नेसमेत गर्दछन् ।

राजनीतिक तनावपछि रिफ्रेस हुन सु्कुटे पुग्ने गरेका प्रचण्ड अहिले निर्वाचनलगत्तै सुकुटे पुगेका हुन् । 

प्रचण्डसहितको टोलीले भोटेकोसीमा र्‍याफ्टिङ गरेका छन् । प्रचण्ड बुधबारको बास सुकुटेमै बिताउने भएका छन् । छोरीद्वय रेणु र गंगासहित परिवारिक सदस्य, अग्निप्रसाद सापकोटासहित माओवादी नेताहरु प्रचण्डसँगै रहेका छन् । 

साथै हालै सम्पन्न निर्वाचनमा सिन्धुपाल्चोक २ बाट निर्वाचित भएका माधव सापकोटा, प्रदेशसभामा निर्वाचित सरल सहयात्री पनि प्रचण्डको टोलीमा देखिएका छन् । 


Author

थप समाचार
x