गाउँमा २०० र सहरमा ५०० संक्रमित भेटिए निषेधाज्ञा लगाउन सरकारलाई सिफारिस
काठमाडौँ : कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले गाउँ क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० जना भन्दा बढीमा कोभिड १९ संक्रमित भेटिए निषेधाज्ञा गर्न सरकारलाई सिफारिस गरेको छ ।
सीसीएमसीले निषेधाज्ञाको अधिकार सम्बन्धित स्थानीय तहलाई दिन पनि सरकारलाई अनुरोध गरेको स्रोतले जानकारी दियो । त्यस्तै अहिले चालू अवस्थामा रहेका सबै तहका परीक्षाहरू भोलि (सोमबार) देखि नै स्थगित गर्न पनि सुझाब दिएको छ । यसअघि मन्त्रिपरिषद बैठकले चालु रहेको परीक्षा नरोक्ने निर्णय गरेको थियो । बैठकले स्वास्थ्य मापदण्ड पालना गर्न, भिडभाड नगर्न सबैलाई आग्रह गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया