बाजुरामा बद्री पाण्डेलाई २९ सय ५५ मतको अग्रता
काठमाडौं- सत्ता गठबन्धनबाट बाजुरामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बद्री पाण्डेले निरन्तर अग्रता कायम गरिरहेका छन् ।
जिल्ला निर्वाचन कार्यालयको पछिल्लो अपडेटअनुसार कांग्रेसका उम्मेदवार पाण्डेले १५ हजार नौ सय ६० मत पाएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका कर्ण थापाले १३ हजार पाँच मत पाएका छन् । उनीहरूको मतान्तर २९ सय ५५ पुगेको छ ।
४ मंसिरकाे निर्वाचनमा विवाद भएपछि यहाँका केही मतदान केन्द्रमा पुन: मतदान भएकाे हाे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया