राजनीति

थापालाई पराजित गर्दै बाजुरामा कांग्रेसका पाण्डे विजयी

इकागज |
मंसिर १८, २०७९ आइतबार ११:३ बजे

बाजुरा- बाजुराबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस सहमहामन्त्री बद्री पाण्डे विजयी भएका छन् । 

एमालेका कर्णबहादुर थापालाई पराजित गरेका पाण्डे ३१ हजार ७८६ मतसहित निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 


उनका निकटतम प्रतिस्पर्धी थापाले २६ हजार ३४९ मत पाएका छन् । 
 


Author

थप समाचार
x