राजनीति

मनमोहन अधिकारीको आज २२ औं स्मृति दिवस

इकागज |
बैशाख १३, २०७८ सोमबार ९:२५ बजे

काठमाडौँ : उपप्रधानमन्त्री एवं मनमोहन प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेलले नेकपा (एमाले) का संस्थापक अध्यक्ष तथा प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीले स्थापित गरेका आदर्श, सिद्वान्त र मूल्य मान्यता कम्युनिस्ट पार्टीका हरेक सदस्यका लागि आज पनि उत्तिकै अनुकरणीय र सान्दर्भिक रहेको पोखरेलले बताएका छन् । 

अधिकारीको आज २२ औं स्मृति दिवसको अवसरमा प्रस विज्ञप्ति जारी गर्दै पोखरेलले यस्तो बताएका हुन् । उनको स्मृतिमा नेकपा (एमाले) र मनमोहन स्मृति प्रतिष्ठानले हरेक वर्ष काठमाडौँमा कार्यक्रम आयोजना गर्ने गरे पनि कोभिड-१९ को संक्रमणका कारण यस वर्ष औपचारिक कार्यक्रम नराखिएको विज्ञप्‍तिमा उल्लेख छ ।


अधिकारीले स्थापित गरेकाआदर्श, सिद्वान्त र मूल्य मान्यता कम्युनिस्ट पार्टीका हरेक सदस्यका लागि आज पनि उत्तिकै अनुकरणीय र सान्दर्भिक रहेको पोखरेलले बताए । ‘सरल, शालिन र सादगी जीवन नेपालको कम्युनिस्ट आन्दोलनमा उहाँले स्थापित गर्नुभएका अत्यन्तै मूल्यवान गुणहरु हुन्’ जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

अधिकारीले नेपालको विभाजित कम्युनिस्ट आन्दोलनलाई एकताबद्व बनाउन महत्वपूर्ण अभिभावकीय भूमिका खेलेको उल्लेख गर्दै पोखरेलले भनेका छन् ‘आजको यस विशेष दिनले नेकपा (एमाले)का सम्पूर्ण नेता-कार्यकर्ताहरुलाई एकढिक्का भई पार्टी काममा सक्रिय रहन उर्जा प्रदान गरोस् भन्‍ने कामना गर्न चाहन्छु ।’

पोखरेल २०५१ सालमा अधिकारी नेतृत्वको एमालेको सरकारमा प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार थिए । ‘२०५१ सालमा प्रधानमन्त्री निर्वाचित हुनुभएका स्वर्गीय अधिकारी नेतृत्वको लोकप्रिय सरकारकै जगमा नेपालमा कम्युनिष्ट पार्टी (एमाले) र कम्युनिस्ट आन्दोलनले विशाल रुप लिएको थियो ।

तत्कालिन सरकारका लोकप्रिय कार्यक्रमहरु अहिले पनि जनताले उत्साहका साथ स्मरण गरिरहेका छन् । उहाँको नेतृत्वको तत्कालिन सरकारको प्रमुख राजनीतिक सल्लाहकारका रुपमा काम गर्दाको त्यो क्षण मेरा लागि पनि सदैव गौरवान्वित छन्' विज्ञप्तिमा भनिएको छ । पूर्वप्रधानमन्त्री अधिकारीको २०५६ साल बैशाख १३ गते निधन भएको थियो । 


Author

थप समाचार
x