राजनीति

संसद्‍वादी कम्युनिष्ट पार्टीहरू नीति, सिद्धान्तविहीन भए : धर्मेन्द्र बाँस्तोला

इकागज |
मंसिर २३, २०७९ शुक्रबार १७:११ बजे

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बाँस्तोलाले वर्तमान राज्य प्रणाली रहिराखे कम्युनिष्टको नाममा भोट थाप्नेहरू नामेट भएर जाने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित ‘नेपाली कम्युनिस्ट आन्दोलनको आगामी दिशा’ विषयक अन्तरक्रियामा बोल्दै संयोजक बाँस्तोलाले संसदवादी कम्युनिष्ट पार्टीहरू नीति, सिद्धान्तविहीन भएको बताएका हुन् । उनले संसदवादी दलहरू कम्युनिष्टको नाममा विकृत र भ्रष्ट भएको भन्दै उनीहरू जनताको पक्षमा नरहेको बताए । उनले निर्वाचनमा संलग्न कम्युनिष्ट पार्टीका नेताहरूलाई नातावाद, कृपावाद, भ्रष्टाचार र तस्करीको आरोप लाग्ने गरेको भन्दै त्यसैले कम्युनिष्ट पार्टीहरूलाई जनताले कारबाही गरेको उल्लेख गरे ।


संसद्‍वादी कम्युनिष्ट पार्टीहरूले समाजवादी राज्य प्रणाली नचाहेको जिकिर गरे ।

उनले साम्राज्यवादी शक्तिहरूले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई निर्वाचनबाट परास्त गरेको बताए । संयोजक बाँस्तोलाले निर्वाचनबाट नयाँ शक्तिहरूको उदयको नाटक देखाइएको टिप्पणी गरे । नयाँ शक्तिहरूसँग कुनै नीति र कार्यक्रम नभएको भन्दै उनले जनताको भावनासँग खेलेर तथाकथित विकल्पको रूपमा दखाउने कोसिस गरिएको उल्लेख गरे ।

उनले कम्युनिष्ट पार्टीहरू एकताबद्ध हुनुपर्नेमा जोड दिए । सशक्त प्रकारको कम्युनिष्ट आन्दोलन निर्माण गर्न क्रान्तिकारी कार्यदिशा बनाउनु आवश्यक रहेको उनले बताए ।


Author

थप समाचार
x