सरकारले आठ ठाँउमा एक/एक हजार बेड क्षमताका होल्डिङ सेन्टर बनाउने
देशभरका विद्यालय बन्द गर्ने निर्णय
काठमाडौँ : सरकारले कोभिड-१९ संक्रमण फैलन नदिन आठ ठाँउमा एक/एक हजार बेड क्षमताका होल्डिङ सेन्टर बनाउने भएको छ । आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले आठ ठाँउमा एक/एक हजार बेड क्षमताका होल्डिङ सेन्टर स्थापना गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले जानकारी दिए ।
सेन्टर बनाउने जिम्मेवारी नेपाली सेनाले दिएको पनि मन्त्री त्रिपाठीले बताए । अन्य प्रक्रियाबाट बनाउँदा ढिलाइ हुने भएकाले सेनालाई जिम्मेवारी दिइएकाे उनले बताए ।
संक्रमितको उपचारमा अक्सिजनको अभाव हुन नदिन कसैले विदेशबाट अक्सिजन आयात गर्न चाहे भन्सार छुट दिने निर्णय पनि बैठकले गरेको छ ।
त्यस्तै बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिस अनुसार देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको त्रिपाठीले बताए ।
बैठकले पहाडी तथा हिमाली जिल्लामा २०० सक्रिय संक्रमित भए र तराई मधेस तथा उपत्यकाकाका हकमा ५०० बढी सक्रिय संक्रमित भए स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न सक्ने निर्णय गरेको छ । यो विषय पनि सीसीएमसीले सिफारिस गरेको थियो ।
अन्तर्राष्ट्रिय सीमा नाका व्यवस्थित गर्ने, अन्तराष्ट्रिय हवाई उडानबाट आएका नेपालीहरूलाई होम र विदेशी नागरिकलाई १० दिन होटल क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने निर्णय गरेको छ । अन्तरिक हवाई उडान सुचारु राख्ने निर्णय बैठकले गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया