राजनीति

मानिसको सबैभन्दा ठूलो सम्पत्ति चरित्र निर्माण हो : पूर्वअध्यक्ष रेग्मी

इकागज |
मंसिर २४, २०७९ शनिबार २१:४० बजे

फाइल फोटो

काठमाडौँ - मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले भाषा, संस्कृति, सभ्यता, परम्परालगायत सामाजिक मूल्य–मान्यता तथा भूगोल पहिचानसँग सम्बन्धित विषय भएको बताएका छन् । 

काठमाडौँ युनिभर्सिटी हाइस्कुल रजत महोत्सवका अवसरमा आज धुलिखेलमा आयोजित समारोहमा उनले सकारात्मक सोच, मानवीय मूल्य मान्यताप्रति विद्यार्थीलाई सचेत गराउन आवश्यक रहेको बताए । 


पूर्वअध्यक्ष रेग्मीले भने, “समाजका मौलिक विविधता, सभ्यता, संस्कृतिको महत्वबारे विद्यार्थीलाई प्रशिक्षत गराउँदै सिर्जनशील हुन प्रेरित गर्नुपर्छ ।”

आफ्नोपन, वैद्धिकचेत र व्यवहारलाई एकैसाथ लैजान सकेमा मात्रै सबैलाई लाभ हुने भन्दै उनले मानिसको सबैभन्दा ठूलो सम्पत्ति चरित्र निर्माण भएको बताए । 

विद्यार्थीलाई सिर्जनशील, रचनात्मक, स्वावलम्बी, आत्मनिर्भर बन्न तथा मूल्य, मान्यता, संस्कृति, पहिचान, माटो र देशप्रति माया गर्ने शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले त्यो नभएसम्म विद्यालयबाट जस्तोसुकै प्रमाणपत्र हासिल गरे पनि अर्थ नरहने धारणा व्यक्त गरे । 


Author

थप समाचार
x