राजनीति

राजनीतिक बन्दी रिहाइका लागि अध्यादेश ल्याउनु सकारात्मक हाे : नागरिक उन्मुक्ति पार्टी अध्यक्ष श्रेष्ठ

इकागज |
मंसिर २६, २०७९ सोमबार १६:४१ बजे

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले राजनीतिक बन्दी रिहाइका लागि अध्यादेश ल्याउनु सकारात्मक भएको प्रतिक्रिया दिएकी छिन् ।

सोमबार डिल्लीबजार कारागार बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले अध्यादेश ल्याउनु आफूहरूका लागि सकारात्मक कुरा भएको र राष्ट्रपति कार्यालयबाट प्रमाणीकरण हुने विश्वास समेत व्यक्त गरिन् । उनले अध्यादेश प्रमाणीकरण भएपछि आवश्यक कार्यविधि बनेर रेशम चौधरी रिहाइ हुने दाबी गरिन् ।


सरकारले ल्याएको अध्यादेशमा विरोध गर्नुपर्ने कारण नरहेको उनले बताइन् ।

रेशम चौधरी सोमबार नै छुट्ने भन्दै नागरिक उन्मुक्तिका कार्यकर्ता डिल्लीबजार कारागार पुगेका थिए । त्यसपछि श्रेष्ठले अध्यादेशको प्रक्रिया केही दिन लाग्ने बताएपछि उनीहरू फर्किएका थिए ।

टीकापुर घटनामा दोषी ठहर भई रेशम चौधरी जेल सजाय भोगिरहेका छन् । 


Author

थप समाचार
x