निर्वाचनमा ४२८५ उम्मेदवारको जमानत जफत
काठमाडौँ–प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तर्फ प्रत्यक्ष निर्वाचनमा १० प्रतिशत मत नकटाउने ४ हजार २ सय ८५ जना उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको विज्ञप्ति अनुसार उम्मेदवार मध्ये ७६.४ प्रतिशत उम्मेदवारको धरौटी जफत गरेको हो ।
प्रत्यक्ष निर्वाचनमा १० प्रतिशत मत नकटाएका उम्मेदवारको धरौटी रकम जफत हुने प्रावधान छ ।
आयोगका अनुसार प्रतिनिधि सभातर्फ पुरुष १ हजार ७७२ र महिला १८९ गरी जम्मा १ हजार ९६१ जना को धरौटी जफत भएको छ । यस्तै प्रदेश सभातर्फ पुरुष २ हजार ८६, महिला २३७ र अन्य १ गरी जम्मा २ हजार ३२४ जनाको जमानत जफत भएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया