राजनीति

संगठनविरुद्ध दुष्प्रचार गर्ने नेतालाई कारबाही गर्न अखिल(क्रान्तिकारी) कमिटीकाे माग

इकागज |
मंसिर २८, २०७९ बुधबार १८:७ बजे

काठमाडाैं । अखिल (क्रान्तिकारी) सिटिइभिटी र पोखरा विश्वविद्यालय समितिले संगठनविरुद्ध सार्वजनिक दुष्प्रचारमा संलग्न रहेको भन्दै अखिल(क्रान्तिकारी) नेताहरूलाई कारबाहीको माग गरेका छन् । बुधबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै सिटिइभिटी र पोखरा विश्वविद्यालयसम्बद्ध नेताहरूले यस्तो माग गरेका हुन् ।

"हामी भ्रष्टाचार गर्नेलाई कारबाही गर्नुपर्छ भन्ने पक्षमा छौं । विश्वविद्यालयमा मौलाएको बेथितिविरुद्ध लामो समयदेखि आन्दोलरत पनि छौं," सिटिइभिटी राष्ट्रिय कमिटी अध्यक्ष वीरेन्द्र बिष्टले भने, "तर आन्दोलनलाई बदनाम गर्ने उद्धेश्यले मिडियामा स|गठनका केही उपाध्यक्षहरुले गरेको मिडियाबाजीले संगठनलाई बदनाम गरेको हाम्रो ठहर छ ।"


अखिल (क्रान्तिकारी)ले कार्यालयका तर्फबाट समन्वय गर्न उपाध्यक्ष मदन भट्टराई र सचिव उपेन्द्र शाहीलाई तोकेको छ  । उनीहरु समेतलाई छलेर आएको विज्ञप्तिले संगठनलाई  बदनाम गरेको र आन्दोलनलाई दुरुपयोग गर्ने मनसाय हुन सक्ने भन्दै अखिल(क्रान्तिकारी) सिटिइभिटी राष्ट्रिय कमिटीले बुधबार दिउँसो रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरेको हो ।  

केही दिनअघि उपाध्यक्षद्वय नारायण खनाल र इन्द्र भुषालले अखिल(क्रान्तिकारी)ले अफिसियल्ली पोखरा विश्वविद्यालय र सिटिइभिटीसँग बार्गेनिङ गरिरहेको प्रमाण भेटिएको भन्दै विषय सार्वजनिक गरेका थिए । अर्का उपाध्यक्ष मदन भट्टराइले शैक्षिक माग राखेर गरिएको आन्दोलन कुनै शर्तमा नरोकिने भन्दै अखिल(क्रान्तिकारी)ले बार्गेनिङ गरेको प्रमाण भए सार्वजनिक गर्न मिडिया विज्ञप्ति ल्याउने पक्षलाई चुनौती दिएका  छन् ।

यस विषयमा थप प्रतिकृयाका लागि सम्पर्कको प्रयास गर्दा  अध्यक्ष पञ्चा सिंहसँग सम्पर्क हुन सकेन ।


Author

थप समाचार
x