राजनीति

राष्ट्रपति भण्डारी आज विराटनगर जाँदै

इकागज |
मंसिर २९, २०७९ बिहीबार ८:१४ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारी आज मोरङको विराटनगर जाने भएकी छन् । मोरङ उद्योग संगठनको आयोजनामा हुने लागेको ‘विराट एक्स्पो २०७९’ उदघाटन गर्न उनी त्यसतर्फ जान लागेकी हुन् । 

कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी  एक सातासम्म सञ्चालन हुनेछ ।


राष्ट्रपतिको सवारीलाई मध्येनजर गरेर सुरक्षा व्यवस्था कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको एकीकृत सुरक्षा योजना बनाएर सुरक्षा व्यवस्था गरिएको छ।

राष्ट्रपति भण्डारीले बुधबार मात्र भोजपुरको रामप्रसाद राई गाउँपालिका-५  मा पर्ने आफू जन्मिएको गाउँ मानेभञ्याङ आमबोटेमा निर्माण भएको ‘श्रीराम मिथिला बहुप्राविधिक’ शिक्षालय उद्घाटन गरेकी थिइन् ।


Author

थप समाचार
x