राजनीति

धरान उपमहानगरको कार्यपालिकामा विवाद

कार्यपालिका सदस्यले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने मेयर साम्पाङ‍काे भनाइ

इकागज |
पुस १, २०७९ शुक्रबार १७:३२ बजे

काठमाडौँ– धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले कार्यपालिकामा असहयोग भएको भन्दै कार्यपालिका सदस्यले सच्चिनु पर्ने बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले कार्यपालिका सदस्यले विधिको पालना नगरेको भन्दै उनले आक्रोश व्यक्त गरेका छन् । 

नगर कार्यपालिकाको बैठकमा कार्यसूची पेस गर्दै धरान १७ मा पार्क बनाउने प्रस्ताव गरेपछि कार्यपालिका सदस्य अनुज देवानले प्रस्तावको विरोध गर्दै अभद्र शैली देखाएको मेयर साम्पाङले बताएका छन् । त्यसपछिका कार्यपालिका बैठकमा पनि सहभागिता नजनाएको भन्दै उनले कार्यपालिका सदस्यलाई आफ्नो गल्ती सुधार्न अनुरोध गरेका छन् । 


‘नगर कार्यपालिकाको बैठकमा कार्यसूची पेस गर्दै मैले धरान १७ मा पार्क बनाउने प्रस्ताव पेस गरेको थिएँ,’ उनले भने, ‘ उक्त प्रस्तावमा नियोजित तरिकाले कार्यपालिका सदस्य अनुज देवानले खण्डन गरेको छन् । गर्न लगाइनु साथै त्यस प्रस्ताव उपर फरक मत राख्न लगाइनु खेद जनक छ ।'

'उक्त सदस्यले विचार राख्ने क्रममा मर्यादालाई मिचेर अभद्र शैलीमा अनुशासन हिनता देखाउँदा स्थानीय सरकार सञ्चालन ऐन अनुसार विधिको शासनमा अवरोध भएको छ,’  उनले थपे, ‘सबै कार्यपालिका सदस्य सच्चिन आवश्यक देखिन्छ । अन्यथा नैतिकताको आधारमा राजीनामा दिइ धरानको विकासमा बाटो प्रशस्त गरिदिन अपरिहार्य रहेको जानकारी गराउँछु ।’

मेयर साम्पाङले आफ्नो कामको मूल्यांकन गर्न पनि अनुरोध गरेका छन् ।


Author

थप समाचार
x