राजनीति

राष्ट्रिय सभा उपनिर्वाचन बजेट डेढ करोड रुपैयाँ, निर्वाचन अधिकृतमा श्रेष्ठ

इकागज |
बैशाख १४, २०७८ मंगलबार १६:४१ बजे

काठमाडौं : निर्वाचन आयोगले जेठ ६ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन सञ्चालनका लागि आर्थिक व्यवस्थापन सम्बन्धमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचन सञ्चालन आर्थिक कार्यविधि, २०७८ तयार गरेको छ । कार्यविधि अनुसार निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि जम्मा १ करोड ६१  लाख ३० हजार रुपैयाँ बजेट अनुमान गरिएको छ । 

कार्यविधिमा सहमति र अनुमानित बजेट निकासाका लागि  अर्थ मन्त्रालयमा लेखी पठाउन आयोगबाट बैशाख १४ मा निर्णय भएको  थियो । सोहीअनुसार अर्थ मन्त्रालयमा पत्राचार समेत भएको आयोगले जानकारी दिएको छ ।

न्याय परिषद्को परामर्शमा प्राप्त नामावलीका आधारमा मकवानपुर जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश डिल्ली रत्न श्रेष्ठलाई निर्वाचन अधिकृतमा नियुक्त गरिएको छ । बैशाख १४ को निर्णयबाट नियुक्ति गरिएको आयोगले बताएको छ । 



Author

थप समाचार
x