एमालेले सरकारबाहिर बसेर जनताको काम गर्छ : सचिव विष्ट
काठमाडौं– नेकपा एमालेका सचिव गोकर्ण विष्टले एमाले सरकार बाहिर बसेर देश र जनताको लागि काम गर्ने बताएका छन् ।
आइतबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै विष्टले एमालेको प्राथमिकता देश विकास र सम्वृद्धि रहेकोले सत्ता प्राप्तिका लागि अवान्छित गतिविधि गरेर सरकारमा जाने हतारो नगर्ने एमालेले नगर्ने बताए । उनले एमाले सरकार निर्माणमा सामेल हुने विषय एमालेको प्राथमिकताको विषय नभए पनि आवश्यकता आए सरकार गठनको प्रक्रियाबाट टाढा नभाग्ने उल्लेख गरे ।
विष्टले लोकतन्त्रको मर्यादा र भूमिकालाई कायम राखेर संसदीय अभ्यासलाई आत्मसाथ गर्दै जनताको भावना विपरीत काम नगर्ने विश्वास व्यक्त गरे । गुल्मीबाट प्रतिनिधिसभा सदस्यमा चौथोपटक निर्वाचित भएका विष्टले मंसिर ४ मा भएकाले निर्वाचनले एमालेलाई प्रतिपक्षमा बस्ने म्यान्डेट दिएकोले यो निर्वाचनले बाम आन्दोलन, राष्ट्र र जनताको हितको लागि महत्वपूर्ण सन्देश दिएको तर्क गरे । उनले एमालेको भूमिका कमजोर बनाउन चौतर्फी घेराबन्दी गरीए पनि जनताले एमालेलाई समानुपातिकमा पहिलो पार्टीको रुपमा अनुमोदन जिकिर गरे ।
सचिव बिष्टले बाम पार्टीको नामबाट राष्ट्रियता, स्वतन्त्रता स्वाधिनताको अपमान गर्ने,देश विकास र समृद्धिको हित विपरीत लाग्ने तथा दक्षिणपन्थी संग गठबन्धन गर्नेहरुसंग गठबन्धन गरेर सरकार बनाउन एमालेले सहयोग नगर्ने बताए । उनले जनताको आशा र भरोसालाई माथि उठाउने गरी जनपक्षीय सरकार बनाउने काममा लाग्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया