समानुपातिकबाट निर्वाचित ३३० जना सांसदले पाए प्रमाणपत्र
काठमाडौँ- निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभामा समानुपातिक तर्फबाट निर्वाचित भएका सांसदहरूलाई प्रमाणपत्र दिएको छ । आइतबार आयोगको केन्द्रीय कार्यालयमा प्रतिनिधि सभा र सातवटै प्रदेश सभाका सांसदलाई प्रमाणपत्र दिइएको हो ।
उनीहरूलाई निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले प्रमाणपत्र प्रदान गरे ।
प्रतिनिधि सभामा ११० जना सामानुपातिकतर्फ निर्वाचित भएका छन् । प्रदेश सभा अन्तर्गत प्रदेश १ मा ३७, मधेशमा ४३, वाग्मती ४४, गण्डकी २४, लुम्बिनी ३५, कर्णाली १६ र सुदूरपश्चिममा २१ जना समानुपातिकतर्फबाट निर्वाचित भएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया