राजनीति

मेयर साम्पाङले माफी मागे

इकागज |
पुस ३, २०७९ आइतबार १८:३५ बजे

काठमाडौँ- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले माफी मागेका छन् । आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै मेयर साम्पाङले माफी मागेका हुन् । 

गाउँले ठट्यौली उखानको शैलीमा "चमारे" शब्द अप्रत्याशित प्रयोग हुन जाँदा दलित समुदायलाई नराम्रो लागेको यथार्थ प्रति दु:ख व्यक्त गर्दै उक्त शब्दले धेरैलाई दु:खी बनाएको भन्दै उनले माफी मागे ।


मेयर साम्पाङले लेखेका छन्, 'मिति २०७९-८-२८ मा मेरो फेस्बुक फेजमा मैले पोष्ट गरेको स्टेटसमा गाउँले ठट्यौली उखानको शैलीमा "चमारे" शब्द अप्रत्याशित प्रयोग हुन जाँदा दलित समुदायलाई नराम्रो लागेको यथार्थ प्रति दु:ख व्यक्त गर्दै उक्त शब्दले धेरैलाई दु:खी बनाएको रहेछ ! त्यस्का लागि यो शब्द फिर्ता लिंदै संधै समानताको भावनाका साथ सबै मिलेर देशलाई माथि उठाउनका लागि विकृति, विसंगति, वेथिति, भ्रष्टाचार, अन्याय, अत्याचार, विभेद, शोषण र दमनका विरुद्ध लामो समय अभियान चलाएको मेरो ईतिहास रहेको संधैमा जानकारी गराउँदछु ! कसैलाई ठेस पुराउने नियतवश यो स्टेटस नरहेको जानकारी गराउँदछु !'

केही दिनदेखि याे अभिव्यक्तिले उनकाे चाैतर्फी आलाेचना भइरहेकाे छ । 

आजै मात्र आफ्नो अभिव्यक्ति फिर्ता लिएर समाधान खोज्न मेयर साम्पाङलाई ६ राजनीतिक दलले सुझाव समेत दिएका थिए ।

 

 

 


Author

थप समाचार
x