देउवासँग पराजित भएपछि थापाले भने– परिणामलाई स्वभाविक रूपमा लिएको छु
काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूले पराजयलाई स्वभाविक रुपमा लिएको बताएका छन् । संसदीय दलको नेतामा पराजित भएपछि थापाले सञ्चारकर्मीसँग कुराकानी गर्दै परिणामलाई स्वाभाविक रूपले लिएको बताएका हुन् ।
थापाले सभापति शेरबहादुर देउवालाई बधाइ पनि दिएका छन् ।
संसदीय दलको नेताका लागि उनी सभापति देउवासँग भिडेका थिए । उनले ८९ मध्ये २५ जना सांसदको समर्थन पाए भने देउवाले ६४ जना सांसदको साथ पाए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया