राजनीति

माधव नेपाल अस्पतालबाट शपथका लागि संसद्‌‌ भवन जाने, त्यसपछि फेरि अस्पतालमै फर्किने

इकागज |
पुस ७, २०७९ बिहीबार १२:१९ बजे

फाइल तस्बिर

काठमाडौँ- अस्वस्थ भएपछि अस्पताल भर्ना भएका एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहणका लागि संसद्‌ भवन जाने भएका छन् । 

नयाँ बानेश्वरस्थित संघीय संसद्‌ भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ गराउने कार्यक्रम छ । रौतहट–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाल अस्पतालबाटै संसद्‌ भवन जाने र शपथ पनि पुनः अस्पताल फर्किने भएका छन् । 


रूघा खोकी, ज्वरो र छातिमा संक्रमण देखिएपछि गत आइतबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएर उपचार गराइरहेका उनी शपथ ग्रहणका लागि भने बिहीबार संसद्‌ भवन जान लागेका हुन् । 


Author

थप समाचार
x