राजनीति

सिके राउतकाे शपथबारे संसद् सचिवालयलाई मधेशी आयोगले सोध्यो स्पष्टीकरण

इकागज |
पुस ८, २०७९ शुक्रबार १५:१६ बजे

काठमाडौं- ​नवनिर्वाचित सांसदहरूले मधेशी भाषामा शपथ लिएकोबारे मधेशी आयोगले संघीय संसद् सचिवालयलाई स्पष्टीकरण सोधेको छ । 

भाषा आयोगबाट प्रकाशित 'सरकारी कामकाजका भाषासम्बन्धी सिफारिसहरू- २०७८' र मधेशी आयोगमा मधेशी भाषा सूचीकृत नरहेकाले उक्त भाषामा प्रतिनिधि सभाका सदस्यले शपथ लिने विषय गम्भीर भएको समेत उल्लेख गरेको छ ।


आयोगले सांसदहरूलाई कुन आधारमा मधेशी भाषामा शपथ दिएको भनी स्पष्ट पार्न संसद् सचिवालयलाई निर्देशन दिएको छ ।

बिहीबार जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसहित तीन सांसदले मधेशी भाषामा शपथ लिएका थिए ।

राउत लगायतका सांसदहरूको शपथ ग्रहणको विषयलाई लिएर मधेशमा विरोधसमेत भइरहेको छ । 


Author

थप समाचार
x