राजनीति

प्रचण्ड-ओलीलाई बालेनको प्रश्न : देश व्यापार हो कि खेल ?

इकागज |
पुस १०, २०७९ आइतबार १५:९ बजे

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एमाले अध्यक्ष केपी शर्मा ओलीको भेटवार्तालाई लिएर प्रश्न गरेका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत मेयर साहले ओली-प्रचण्ड भेटवार्ताको तस्बिर सेयर गर्दै देश व्यापार हो कि खेल भन्दै प्रश्न गरेका हुन् । 


उनले हिजो आफूले कविता लेखेको तर आज नलेख्ने समेत बताए छन् । मेयर बालेनले शनिबार नयाँ सांसदहरूलाई कवितामार्फत गफाडीको संज्ञा दिएका थिए । नयाँ सरकार गठनका लागि बालकोटमा चार दलबीच वार्ता भइरहेको छ ।

 


Author

थप समाचार
x