राजनीति

शीतल निवास पुग्यो प्रचण्ड–ओलीको टोली

इकागज |
पुस १०, २०७९ आइतबार १६:४७ बजे

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने समर्थनको दाबी प्रचण्ड–केपी ओलीसहितका नेताहरु राष्ट्रपति निवास शीतल निवास पुगेका छन् । 

काठमाडौं– सत्ता गठबन्धन भत्किएपछि अब बन्ने नयाँ सरकारको प्रधनमन्त्री माओवादी अध्यक्ष प्ष्पकमल दाहाललाई बनाउने बालकोटको बैठक सहमत भएको थियो । आलोपालो प्रधानमन्त्री हुने सहमतिपछि राष्ट्रपति एमालेले पाउने भएको छ । त्यस्तै सभामुख पनि एमालेको हुने सहमति गरिएको छ ।


आगामी साढे दुई वर्ष प्रचण्डको नेतृत्वमा सरकार बन्नेछ । नयाँ गठबन्धनमा सात दल सहभागी हुनेछन्।

राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टीका ढकालका अनुसार राष्ट्रसँग समय माग गरिसकिएको छ । साढे ४ बजे प्रधानमन्त्रीमा दावी प्रस्तुत गरिने कार्यक्रम प्रचण्ड नेतृत्वको गठबन्धनको रहेको उनले बताए ।

एमाले माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी मिलेर १६६ सांसदको समर्थन रहेको छ ।
 


Author

थप समाचार
x