प्रचण्डले धोका दिए : डा. शेखर
काठमाडौँ - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली कांग्रेसलाई धोका दिएको बताएका छन् । कांग्रेससँगको गठबन्धन तोडेर माओवादी केन्द्रले एमालेसँग मिलेर सरकार गठन गर्न पुगेपछि कोइरालाले यस्तो बताएका हुन् ।
प्रचण्डले गठबन्धनको मर्मलाई नबुझेको र सत्तामा जान हतार गरेको उनले बताए । उनले भने, 'चुनाव अगाडि गठबन्धन दलहरूबीचमा भएका सहमति अनुसार नै अगाडि बढ्ने कांग्रेसको चाहना हुँदाहुँदै प्रचण्डले हतार गरेर गठबन्धन तोडे ।'
प्रचण्डले कांग्रेसलाई चुनावी रणनीति अनुसार उपयोग गरेको शेखरको भनाइ छ । यस विषयमा छिट्टै केन्द्रीय समितिमा आवश्यक छलफल गर्ने पनि उनले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया