Ekagaj Logo
२८ कात्तिक २०८१, बुधबार
(Wednesday, 13 November, 2024)

राजनीति

कर्णालीका नवनियुक्त सांसदले लिए शपथ

इकागज |
पुस ११, २०७९ सोमबार १६:१३ बजे

सुर्खेत- कर्णालीका नवनियुक्त प्रदेशसभा सदस्यहरूले आज शपथ लिएका छन् । प्रदेशका ४० जना सांसदहरूले प्रदेशसभामा शपथ ग्रहण गरेका हुन् ।

प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम कर्णाली प्रदेशसभाको सदस्य पदमा निर्वाचित ज्येष्ठ सदस्य विनोदकुमार शाहले शपथ खुवाएका छन् ।


आज बिहान साढे ११ बजे शाहको शपथ प्रदेश प्रमुख तिलक परियारबाट भएको थियो । शाह सभामुख र उपसभामुखको निर्वाचन नहुञ्जेलसम्म कार्यवाहक सभामुख भएर कार्यक्रमको अध्यक्षता ग्रहण गर्ने जनाइएको छ ।


Author

थप समाचार
x