अब भ्रष्टाचारको अन्त्य हुन्छ : मन्त्री श्रेष्ठ
काठमाडौँ- उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन कायम गरेर समृद्धिमा अघि बढ्नुपर्ने बताएका छन् ।
सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले यसअघि भएका कमी कमजोरीहरूलाई सच्याउँदै मुलुकमा सुशासन कायम गरेर समृद्धिको बाटोमा लाग्नुपर्ने बताएका हुन् ।
उनले मुलुकमा सुशासन कायम गर्न सकेमात्रै भ्रष्टाचारको अन्त्य हुने धारणा राखे । जनताले संविधान नियम र कानुन अनुसार हुने काम भनसुन र घुस नखुवाई हुने अवस्था सिर्जना गर्नुपर्ने पनि भनाइ व्यक्त गरे ।
मन्त्री श्रेष्ठले उपप्रधानमन्त्री बन्न मात्रै सरकारमा नआएको भन्दै काम गर्न आएको स्पष्ट पारे ।
पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न विधेयकलाई अन्तिम रूप दिनका लागि कार्यदल गठन गर्ने सम्बन्धमा निर्णय गरेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया