समसामयिक विषयमा छलफल गर्न कांग्रेसले शुक्रबार केन्द्रीय समितिको बैठक बोलायो
काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आगामी शुक्रबार बस्ने भएको छ । केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीतिका सम्बन्धमा २२ गते केन्द्रीय कार्यसमितिको बैठक बस्ने जानकारी दिए ।
उनले बैठकमा केन्द्रीय कार्यसमितिका सम्पूर्ण पदाधिकारीलाई उपस्थित हुन निर्देशन दिएका छन् ।
उनका अनुसार बैठकमा प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन-२०७९ को समीक्षा हुने भएको छ । समसामयिक राजनीतिका सम्बन्धमा सन्दर्भमा समेत छलफल हुने उनले जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया