राजनीति

टेकबहादुर गुरुङको सांसद पद निलम्बन

इकागज |
पुस १२, २०७९ मंगलबार १७:१५ बजे

फाइल तस्बिर

काठमाडौँ-  पूर्वमन्त्री तथा सांसद टेकबहादुर गुरुङको पद निलम्बन भएको छ । उनी मनाङ १ बाट निर्वाचित भएका थिए । 

संघीय संसद् सचिवालयले मंगलबार सूचना जारी गर्दै अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दा किनारा नलागुञ्जेलसम्म संवैधानिक व्यवस्थाअनुसार गुरुङको सांसद पद स्वत: निलम्बनमा परेको जनाएको हो ।


संघीय संसद् सचिवालयले जारी गरेको सूचनामा प्रतिनिधि सभाका सदस्य टेकबहादुर गुरुङ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ बमोजिम मिति २०७९ पुष ८ गतेबाट स्वतः निलम्बन भएको उल्लेख छ ।

 


Author

थप समाचार
x