राजनीति

जसपा संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव निर्विरोध

इकागज |
पुस १३, २०७९ बुधबार १३:२३ बजे

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव निर्विरोध भएका छन् । संसदीय दलको नेता चयनका लागि यादवको मात्र मनोनयन दर्ता भएपछि यादव निर्विरोध भएका हुन् । 

पार्टी प्रवक्ता मनिस सुमनले यादवबाहेक अरूको उम्मेदवारी नपरेपछि उनी निर्विरोध भएको बताए । यद्यपि यादवलाई संसदीय दलको नेता घोषणा गर्न भने बाँकी नै छ । त्यसो त जसपाको संसदीय दलको नेताका लागि सुरुमा चार जना नेताले आकांक्षा देखाएका थिए । तर, अन्तिम समयमा अशोक राई, राजकिशोर यादव र प्रकाश अधिकारीले उम्मेदवारी दिएनन् । 


बारा–२ बाट प्रतिनिधिसभामा निर्वाचित यादव पार्टी अध्यक्ष उपेन्द्र यादव नजिकका नेता हुन् । 

प्रतिनिधिसभामा जसपाका १२ जना सांसद छन् ।
 


Author

थप समाचार
x