अमरेशकुमारले भने- पार्टी खोल्ने कुनै योजना छैन, म स्वतन्त्र नै छु
काठमाडौं– सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका अमरेशकुमार सिंहले आफ्नो पार्टी खोल्ने वा कुनै अरू पार्टीमा जाने योजना नभएको बताएका छन् । सिंहले आफू सधैँ स्वतन्त्र सांसदका रुपमै रहने बताए ।
इकागजसँग कुरा गर्दै उनले भने, ‘मैले पार्टी खोल्दै छु भनेर आएका कुराहरू निराधार हुन् । म स्वतन्त्र छु, स्वतन्त्र रहिरहनेछु । म जनमतको अपमान गर्दिनँ । जनताले मलाई स्वतन्त्र भएर बस्न म्यान्डेट दिएका छन् ।’
उनी रौतहट–३ बाट स्वतन्त्र उम्मेदवारी दिएका निर्वाचित प्रभु शाहसँग मिलेर पार्टी खोलिरहेका छन् भन्ने चर्चा थियो ।
सिंहले नेपाली कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया