मन्त्रिपरिषद् विस्तारको काम अझै १०/१५ दिन लाग्न सक्छ : ओली
फाइल तस्बिर
काठमाडौँ- सत्तारूढ नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा आलीले मन्त्रिपरिषद् विस्तारको काम अझै १०/१५ दिन लाग्न सक्ने संकेत गरेका छन् । अध्यक्ष ओलीले खेलकुदमन्त्री हाल नभएको प्रसंग उल्लेख गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिने काममा अझै दुई हप्ता लाग्न सक्ने बताएका हुन् ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले खेलकुद क्षेत्रको विकासमा ध्यान दिन सरकारलाई आग्रह समेत गरे । उनले खेलाडीहरूले खेलकुद क्षेत्रको विकासमा राम्ररी ध्यान देओस् भनेर चाहेको उल्लेख गर्दै उनीहरूको सो माग सरकारसमक्ष पुर्याउन आफू लागिपर्ने आश्वासन समेत दिए ।
नयाँ खेलकुद मन्त्रीलाई पनि आफूले खेल क्षेत्रको विकासमा ध्यान दिन आग्रह गर्ने अध्यक्ष ओलीको भनाइ थियो । उनले बालबालिकाहरूलाई उचित संरक्षण गरेर सफल बनाउन पनि सरकार लाग्नुपर्ने आवश्यकता औंल्याए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया