सरकारमा जाने-नजाने विषयमा निर्णय गर्न जसपाको बैठक बस्दै
काठमाडौं– सरकारमा सहभागी हुने/नहुने विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)को राजनीतिक समिति बैठक बस्ने भएको छ । बैठक ललितपुरको बालकुमारीमा बिहान ११ बजेदेखि सुरु हुने जसपा प्रवक्ता मनिस सुमनले इकागजलाई जानकारी दिए ।
बैठकमा सरकारमा जाने या नजानेसहित राजनीतिक परिस्थितिमा जसपाको भूमिका, चुनाव समीक्षा, विधान महाधिवेशन, संगठनलाई क्रियाशील बनाउनेलगायत विभिन्न विषयमा छलफल हुने प्रवक्ता सुमनले बताए । यद्यपि छलफल मुख्य रुपमा सरकारमा सहभागी हुने नहुने विषयमा केन्द्रित हुनेछ ।
प्रतिनिधिसभामा १२ सिट भएको जसपाले सात दलीय गठबन्धनको सरकारलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ । तर, उसले सरकारमा सहभागी हुने नहुने विषयमा भने टुंगो लगाइसकेको छैन । यस विषयमा पार्टीभित्र मत विभाजित छ । नयाँ चुनिएका सांसदहरू जानुपर्छ भन्ने पक्षमा देखिएका छन् ।
आजबाट सुरु हुने राजनीतिक समितिको बैठक भोलि मंगलबारसम्म चल्नेछ । सो बैठकमा १५१ नेताको उपस्थित हुनेछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया