राजनीति

स्ववियु निर्वाचनमा लाग्न अखिल क्रान्तिकारीलाई प्रचण्डको निर्देशन

इकागज |
पुस २१, २०७९ बिहीबार २०:२ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अखिल (क्रान्तिकारी)लाई चुनावमा लाग्न निर्देशन दिएका छन् ।

बिहीबार अखिल (क्रान्तिकारी)को पदाधिकारी बैठकलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन गरेको अखिल(क्रान्तिकारी) उपाध्यक्ष जीपी मैनालीले जानकारी दिए ।


त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले स्ववियु चुनाव चैत ५ गते गर्न प्रस्ताव गरेको छ । यो मिति त्रिवि कार्यकारी परिषदबाट अनुमोदन भने हुन बाँकी छ ।

प्रचण्डले संगठनमा असन्तुष्ट बनेकाहरूलाई सहमतिमा ल्याउनुपर्ने बताए । उनले पञ्चा सिंह नेतृत्वको कमिटी नै आधिकारिक र वैधानिक कमिटी भएकोमा पार्टीमा कुनै कन्फ्यूजन नरहेको भन्दै संगठनका समस्याहरू समाधान गरेर स्ववियु चुनाव केन्द्रित हुन प्रचण्डले निर्देशन दिएको उपाध्यक्ष मैनालीले जानकारी दिए ।

आफ्नो तेश्रो कार्यकालमा उल्लेख्य काम गर्ने भन्दै प्रचण्डले नराम्रो केही नगर्ने प्रधानमन्त्रीका रूपमा तेस्रो कार्यकाल सरकारले राम्रैराम्रो मात्र गरेर स्मरणीय कार्यकाल बनाउन आफू लागेको बताए ।

बैठकमा ४१ पदाधिकारी मध्य ३७ पदाधिकारी सहभागी भएका थिए ।


Author

थप समाचार
x