उपप्रधानमन्त्री रवि लामिछानेको सांसद पद यथावत रहने सर्वाेच्चको आदेश
काठमाडौं- सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेजीविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले लामिछानेको नागरिकता विवादमा परेको रिट निवेदनमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
सर्वोच्चको निर्णयसँगै गृहमन्त्री लामिछानेको सांसद पदसँगै उपप्रधान तथा गृहमन्त्री पद पनि कायमै रहने भएको छ ।
अमेरिकी नागरिकता लिएका रविले नेपाल फर्किएर अमेरिकी नागरिकता त्यागे पनि पुन: नेपाली नागरिकता नलिएको भन्दै उनको पद खारेजीको मागसहित सर्वोच्चमा रिट परेको थियो । शुक्रबार सर्वाेच्चले अन्तरिम आदेश दिन अस्वीकार गर्दै उनकाे पद कायमै रहने निर्णय गरेकाे छ ।
प्रस्तुत रिट उपर पूर्ण सुनुवाइका लागि माघ ११ गते पेस गर्नसमेत सर्वाेच्चले आदेश दिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया