राजनीति

गृहमन्त्री लामिछानेले हटाए अगुवा-पछुवा सुरक्षाकर्मीसहितका गाडी

इकागज |
पुस २२, २०७९ शुक्रबार २१:१० बजे

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो सुरक्षार्थ खटिने अगुवा र पछुवासहितका गाडी हटाउने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै गृहमन्त्री लामिछानेले सुरक्षा टोली हटाउने बताएका हुन् । आफू मात्र उच्च सुरक्षा घेरामा हिँड्डुल गरेर नागरिक अपेक्षा पूरा नहुने बताउँदै उनले आफूले बोलेका कुरा इमान्दारिताका साथ पूरा गर्ने समेत उल्लेख गरेका छन् ।


गृहमन्त्रीको सुरक्षामा प्रहरी निरीक्षकको नेतृत्वमा हुने टोलीलाई पनि घटाएर उनले प्रहरी नायब निरिक्षक (सई) को नेतृत्वको सुरक्षाकर्मी राखेका छन् । 'उपप्रधानमन्त्री तथा गृहमन्त्रीको सवारीका क्रममा रहने अगुवा-पछुवा सुरक्षाकर्मीसहितका गाडी हटाएर मैले आजैबाट अगाडि एउटा मात्र गाडी सुरक्षामा राख्ने निर्णय गरेको छु,' उनले भने ।

 


Author

थप समाचार
x