दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिएर सफल बनाउन एमाले अध्यक्ष ओलीकाे आग्रह
फाइल तस्बिर
काठमाडौँ- सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस २६ गते सरकारलाई विश्वासको मत दिन तोकिएको समयमै संसद्मा उपस्थित हुन पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् ।
नेपालीहरूको बलजफ्तीमा पुष्पकमल दाहाल नेतृत्वको सरकार बनाएको र त्यसलाई विश्वासको मत दिएर सफल बनाउनका लागि पार्टीका सांसदहरूले २६ गते एक मिनेट पनि ढिलाइ नगरी संसद्मा उपस्थित हुनुपर्नेतर्फ पनि पार्टीका सांसदहरूलाई उनले सचेत गराए ।
शनिबारबाट काठमाडौंमा सुरु भएको पार्टीका सांसदहरूको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले नेपालीहरूको बलजफ्तीबाट वर्तमान सरकार बनेको उल्लेख गर्दै त्यसलाई सफल र प्रभावकारी बनाउन आफूले चाहेको पनि पटकपटक दोहर्याए ।
अध्यक्ष ओलीले यो सरकार ढाल्नका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अधिकतम प्रयास गरिरहेको उल्लेख गर्दै सफल हुन नदिने दृढता समेत व्यक्त गरे । उनले वर्तमान सरकारले सुशासन र मुलुकको विकासका निम्ति दृढतापूर्वक अघि बढोस् भन्ने आफ्नो पार्टीको चाहना रहेको स्पष्ट पारे ।
ओलीले वर्तमान सरकारले विश्वासको मत नपाए प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलका हैसियतले काँग्रेसले सरकार बनाउने भएकाले त्यसतर्फ सचेत रहनुपर्ने पनि बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया