राजनीति

शून्य कमजोरीका साथ कार्यसम्पादन गर्न सशस्त्र प्रहरीलाई गृहमन्त्रीकाे निर्देशन

इकागज |
पुस २३, २०७९ शनिबार १६:५१ बजे

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रशासनिक एवं व्यवस्थापकीय पक्षमा शून्य कमजोरीका साथ कार्यसम्पादन गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् ।

शनिबार काठमाडौँमा सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको अवलोकन भ्रमण गर्दै लामिछानेले विगतमा भएका कमी कमजोरीलाई सुधार्दै लैजाने र अन्य पक्षमा शून्य कमजोरीका साथ कार्यसम्पादन गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका हुन् । उनले सशस्त्र प्रहरीलाई पूर्वाधारसँगै थप व्यावसायिक बनाउन आफ्नो क्षमताले भ्याएसम्म लाग्ने प्रतिबद्धता जनाए ।


तराईको चर्को गर्मीदेखि हिमालको ओलाङ्चुङगोला र छाङ्रुकको चिसोसँगै चैनाथ भएका अधिकृत तथा जवानहरूको बसाइँका लागि भौतिक पूर्वाधार कमजोर हालतमा रहेको भन्दै यसमा सरकारले विशेष ध्यान दिने उनको भनाइ छ ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मुलुकको जुनसुकै स्थानमा जस्तोसुकै भूमिकाका लागि आफूहरू परिचालित हुँदै आएको बताए । 


Author

थप समाचार
x