राजनीति

सुदूरपश्चिम प्रदेशमा काङ्ग्रेसका मानबहादुरले गरे सभामुखमा मनोनयन दर्ता

इकागज |
पुस २७, २०७९ बुधबार १४:४४ बजे

कैलाली- सुदूरपश्चिम प्रदेशमा नेपाली काङ्ग्रेसले सभामुखमा मनोनयन दर्ता गराएको छ । काङ्ग्रेसका तर्फबाट ज्येष्ठ सदस्य मानबहादुर रावलले बुधबार दिउँसो मनोनयन दर्ता गराएका हुन् ।

रावलको प्रस्तावकमा प्रदेशसभा सदस्य मेघराज खड्का र समर्थकमा पृथ्वीबहादुर सिंह रहेका छन् । सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको नेपाली काङ्ग्रेसका सुदूरपश्चिममा १९ जना प्रदेशसभा सदस्य छन्। सभामुखमा मनोनयन दर्ता गराएका मानबहादुर रावल अछामबाट निर्वाचित भएका हुन्।



Author

थप समाचार
x