राजनीति

विमान दुर्घटनाः प्रभावकारी उद्धारका लागि सरकारसँग अध्यक्ष ओलीको आग्रह

इकागज |
माघ १, २०७९ आइतबार १४:४४ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरामा भएको यती एयरलाइन्स विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावकारी उद्धारका लागि सरकारलाई आग्रह गरेका छन् ।

काठमाडौँबाट ६८ जना यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज आज बिहान पोखरामा त्रासदीपूर्ण दुर्घटनामा परेको खबरले अत्यन्तै दुःखी बनाएको बताएका छन् ।


सामाजिक सञ्जालमार्फत् अध्यक्ष ओलीले लेखेका छन्, 'दुर्घटनामा ज्यान गुमाउनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।'


Author

थप समाचार
x