'प्रधानमन्त्रीज्यू, हामी साथ दिन तयार छौँ, अहंकारको धरहराबाट ओर्लनुस्'
फाइल तस्बिर
काठमाडौँ : नेपाली कांग्रेसका नेता गगन थापाले कोभिड महामारी नियन्त्रणण र क्षति न्यूनिकरण गर्न सरकारलाई साथ दिन तयार रहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिदैं त्यसका लागि सरकार जानकारहरूका कुरा सुन्न तयार हुनुपर्ने उनको भनाइ छ।
'कठिन छ, तर अझै हामीसँग उपलब्ध स्रोत, साधन, जनशक्तिको सदुपयोग गरेर क्षति न्यूनीकरण गर्न सकिने ठाउँ छ,' उनले भनेका छन् 'त्यसका लागि उपाय जानेकाहरूको कुरा सुन्न र आवश्यक निर्णय लिन सरकार तयार हुनुपर्छ। प्रधानमन्त्रीज्यू, हामी साथ दिन तयार छौँ,कृपया अब त अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लनुस्।'
कोरोना संक्रमणको जुन भयावह अवस्थामा हामी छौँ,निश्चय नै सरकार एक्लैले यसको सामना गर्न सक्दैन।सबै पक्ष र आम नागरिक...
Posted by Gagan Thapa on Friday, April 30, 2021
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया