राजनीति

ओलीलाई भेट्न बिहानै बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

इकागज |
माघ २, २०७९ सोमबार ११:८ बजे

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बालकोटस्थित ओली निवासमा भएको भेटमा मन्त्रिपरिषद् विस्तार, राष्ट्रपति तथा सभामुखलगायत राज्यका प्रमुख निकायका बाँडफाँटबारे छलफल भएको बताइएको छ । राप्रपालगायतलाई सरकारमा सहभागी गराउने भन्ने विषयमा पनि छलफल भएको छ ।

प्रधानमन्त्री निर्वाचित भएको एक महिना वितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार तथा अन्य निकायको बाँडफाँट अझै टुंगो लाग्न सकेको छैन । दुवै नेता मन्त्रिपरिषदलाई चाँडै पुर्णता दिनेमा सहमत भएका छन् ।


 


Author

थप समाचार
x