राजनीति

मन्त्रिपरिषदलाई पूर्णता दिन सत्ता साझेदार दलको बैठक बस्दै

इकागज |
माघ २, २०७९ सोमबार १५:३७ बजे

फाइल तस्बिर

काठमाडौं- सत्ता साझेदार दलहरुको बैठक साँझ ५ बजे बस्ने भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरे पछि सत्ता साझेदार दलको बैठक आव्हान गरिएको छ ।


प्रधानमन्त्री दाहालले मन्त्रिपरिषदलाई आजै पूर्णता दिने तयारी गरिरहेको बेला सत्ता साझेदार दलहरुको संयुक्त बैठक बस्न लागेको बालुवाटार स्रोतले जानकारी दियो। 

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने सत्ता साझेदार दलहरुको बैठकले मन्त्रिमण्डलको पूर्णताबारे निष्कर्ष निकाल्नेछ । 
 


Author

थप समाचार
x