राजनीति

किरातीको अनुरोधः खादा, माला फूलको सट्टामा दुर्गम क्षेत्रमा विकासका लागि सहयोग गरिदिनू

इकागज |
माघ ४, २०७९ बुधबार १७:४ बजे

काठमाडौँ- सुदन किराती पहिलो पटक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बने । हिजै राष्ट्रपतिबाट शपथ खाएपछि उनले मन्त्रालयमा आफ्नो कार्यभार पनि सम्हालेका छन् ।

किरातीको कार्यालयमा यतिखेरअनौठौ दृश्य देख्न सकिन्छ । उनले पहिलोपटक मन्त्री बनेपछि फरक अनुभूति दिलाउन पनि यस्तो कार्य थालेको हुन सक्ने सहजै अनुमान लगाउन सकिन्छ ।


किरातीको कार्यालय वा आफू बस्ने टेबल अगाडि एउटा सिसाको बक्स राखिएको छ । जसमा लेखिएको छ,’ खादा, माला फूलको सट्टामा दुर्गम क्षेत्रमा विकासको लागि सहयोग गरिदिन अनुरोध छ ।‘

उनले आफूलाई भेटेर शुभकामना र बधाई दिन आउनेलाई अनौठो प्रस्ताव गरेका हुन् । मन्त्री भएसँगै उनले नयाँ कामको सुरुवाती गरेका छन् ।

उनले आफूलाई भेट्न आउनेलाई अनुरोध मात्र गरेका छैनन् । बधाई र फूल दिनुभन्दा दुर्गमको विकासमा योगदान पुर्‍याउन संकेत गरेका हुन् ।

मन्त्री भएपछि फूलमाला ल्याउनेहरूको कमी होस र काम गर्न सहज होस भनेर पनि उनले यस्तो गरेको मान्न सकिन्छ ।

भोजपुरबाट निर्वाचित सांसद किराती पहिलोपटक मन्त्री बनेका हुन् । प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईलाई पराजित गरेका हुन् । उनी हालसम्म तीन पटक निर्वाचित भइसकेका छन् ।

 

 

 


Author

थप समाचार
x